गृहमन्त्री बादलको राजीनामा माग गर्दै प्रदेश २ मा प्रदर्शन


जनकपुर : पुजारी स्व. श्रीराम साह हत्याकाण्डमा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले सप्तरी, रौतहट र धनुषामा प्रदर्शन गरेको छ ।

प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेको भन्दै अभियानले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग गरेको छ ।

राष्ट्रिय एकता अभियानका उपाध्यक्ष सुनीता साहको नेतृत्वमा सप्तरीको राजविराजमा प्रदर्शन भएको छ भने रौतहटको जिल्ला संयोजक शंकर दासको नेतृत्वमा कटहरिया नगरपालिकामा प्रदर्शन भएको हो । त्यस्तै जनकपुमा पनि अभियानका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

अभियानका केन्द्रीय संयोजक विनय यादवले भने–‘प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उद्देश्यले अभिप्रेरित मात्र नभई सम्पूर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रष्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व. श्री राम साहमाथी मात्र नभई सम्पूर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’

अभियानका कार्यकर्ताहरूले कसको दवावमा झुठो प्रतिबेदन बनाइयो, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ?,सन्त श्रीराम साहको हत्याको छानबिन गर्न विशेष समिति बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दु बिरोधि कम्युनिष्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कारबाही गर भन्दै सरकारविरूद्ध नाराबाजी लगाएका थिए।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना

काठमाडौं : जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर

पाल्पा : पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरो जाँदा तीन घर पुरिएको छ भने ६

काठमाडौं– सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७

काठमाडौं– सरकारले काभिड १९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा यात्रु राखेर सार्वजनिक यातायात सञ्चालन गर्न

काठमाडौं– कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले मृत्यु संकास्पद नभएको

काठमाडौं : कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद नभएको केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले दावी

काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड-१९) काे संक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि