सिरहा कारागारका १ सय ४८ कैदिबन्दी संक्रमित



जनकपुरधामः समुदायस्तरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा मंगलबार जिल्ला कारागार सिरहाका १ सय ४८ जना कैदिबन्दीहरु संक्रमित भएका छन् ।

सिरहाको सिरहा नगरपालिका वडा नम्बर–१ स्थित सिरहा कारागारका १ सय ४८ जना पुरुष कैदिबन्दीहरु संक्रमित भएका हुन् ।

वडा नं १ स्थित कारागारमा रहेका १ देखि ६५ वर्ष उमेर समुहका २ जना आश्रित बालबालिका सहित १ सय ४८ जना कैदीबन्दीहरुमा संक्रमण देखिएको सिरहा कारागारका जेलर बबिता महतो जानकारी दिए ।

भदौ २४, २५ र २६ गते कारागारका ४ सय ९७ जनाको स्वाब संकलन गरि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा उनीहरु मध्ये आज १ सय ४८ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

प्रदेश नं २ मा एकै ठाउँमा धेरै संक्रमण देखिएको यो पहिलो पटक हो । यसअघि पनि सोही कारागारका ९३ जना संक्रमित भइसकेका छन् । त्यस कारागारमा रहेका ५ सय ९७ कैदिबन्दीहरुको स्वाब संकलन गरि परिक्षण गरिएकोमा अहिलेसम्म २ सय ४१ जना संक्रमित भईसकेका छन् । सिरहामा आज (मंगलबार) १ सय ७० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ सय १८ पुगेको छ भने कोरोना संक्रमित भई ११ जनाको मृत्यु समेत भईसकेको छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्