नेकपाकाे पार्टी एकतापछिकाे पहिलाे चियापानमा विप्लवदेखि सीके राउतसम्मलाई निम्ताे



काठमाडौं : पार्टी एकतापछि पहिलो पटक शनिबार हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापान कार्यक्रमको सबै तयारी करिब पूरा भएको छ ।

 

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार तयारीबारे बुधबार पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई सहितका केही नेताहरुले चियापान हुने स्थान भृकुटीमण्डपको निरीक्षण समेत गरेका छन् ।

 

विजयादशमी, दीपावली, नेपाल सम्बत तथा छठको अवसरमा आयोजना हुन लागेको चियापान कार्यक्रमका लागि करिब ५० हजार जनालाई निमन्त्रणा वितरण गरिएको नेता श्रेष्ठले बताए । उनका अनुसार कात्तिक १० गते मध्याह्न १२ देखि ५ बजेसम्म चियापानको कार्यक्रम तय भएको छ । नेकपाले भारतीय कम्युनिस्ट पार्टी भाकपा माक्सर्वादीका महासचिव सीताराम यचुरीलाई समेत बाेलाउने भएकाे छ । 

 

त्यस्तै चियापान कार्यक्रममा तराई मधेस टुक्रयाउने अान्दाेलन चलाइरहेका सीके राउत र अर्द्ध भूमिगत शैलीमा रहेका विप्लवसम्मलाई निम्ताे दिइएकाे स्राेतले बताएकाे छ । 

प्रतिक्रिया दिनुहोस्