असोज ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने



काठमाडौंः कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि भदौ ३० गते शुक्रवारसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने निर्णय थियो ।

नेपालमा गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेसँगै अन्तर्राष्ट्रिय सीमानाकासमेत बन्द गरिएको थियो । त्यस्तै भारतसँग सिमा जोडिएका १२ वटा नाकाबाट नेपाल प्रवेश गर्नको लागि अनुमति दिएको ज्ञवालीले बताए ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्