अघोरी बाबाले बञ्चरो प्रहार गर्दा एकजना घाइते



जनकपुरधामः धनुषामा एक अघोरी बाबाले एकजना माथि बञ्चरो प्रहार गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजका ६० वर्षीय राजकुमार महतोको घाँटीमा ज्यानै लिनेगरी बञ्चरो प्रहार गरी अघोरी बाबा फरार भएका छन् ।

मिथिला नगरपालिका वडा नं.१ लक्ष्मीनिवासमा महतोको खेतमा बाँस काटिरहेको अवस्थामा अघोरी बाबालाई बाँस किन काटेको सोधखोज गर्दा बाबाले महतोको घाँटीमै बञ्चरो प्रहार गरी घाइते बनाएका छन् ।

बञ्चरोले घाँटी काटिएर घाइते भएका महतोको स्थानीयस्तरमा उपचार गरिएको पारिवारले जनाएको छ । घाइते महतोको घाँटीमा दर्जन भन्दा बढी टाकाँ लगाएको महतोका छोरो ओमप्रकाश महतोले बताए ।

यता घटना लगतै स्थानीयबासी र ईलाका प्रहरी कार्यालय ढल्केवरका टोली घटनास्थलमा पुगेपछि बाबा फरार भएका छन् । उनको खोजी तीव्र पारिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्वरपुर स्थायी घर भएका आफुलाई अघोरी बाबा भने ४० वर्षीय तुलसी नाम भएका बाबा एक महिना भन्दा बढी समयदेखि मिथिला नगरपालिका वडा नं. १ लक्ष्मीनीवासस्थित बसही खोलाको किनारमा त्रिपाल टाँगेर बस्दै आएको स्थानीयले बताएका छन् ।

दिगम्वरपुरका स्थानीयका अनुसार मानसिक सन्तुलन समेत ठिक नभएका अघोरी बाबाले यस्ता कयौं अपराध गरिसकेका छन् ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्