प्रदेश २ मा मंगलबार २५१ नयाँ संक्रमित थपिए, १८१ जना डिस्चार्ज



जनकपुरधाम: प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु हुनुका साथै २ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १२ पुगेको छ भने संक्रमितको संख्या १२ हजार २ सय १४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज बाराको डुमरवाना वडा नम्बर–१४ की ५५ वर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १९ महिला र ९३ पुरुष गरि १ सय १२ जनाको मृत्यु भईसकेको उनले बताए ।

अहिलेसम्म पर्सामा ४०, बारामा १७, धनुषामा १३, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा पछिल्लो २४ घण्टामा २२ महिला र २ सय २९ पुरुष सहित २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ९मंगलबार० प्रदेश २ मा सबैभन्दा बढी सिरहामा १ सय ७०, सप्तरीमा ४३, रौतहटमा २३, महोत्तरीमा ७, बारामा ४ र धनुषामा ४ जना संक्रमित भएका छन् । प्रदेशमा मंगलबारसम्म संक्रमितको संख्या १२ हजार २ सय १४ पुगेको छ । संक्रमितमध्ये १० हजार २ सय ६५ पुरुष र १ हजार ९ सय ४९ महिला रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५१ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

मंगलबार सिरहामा संक्रमण पुष्टि भएकाहरु औरही गाउँपालिका वडा नम्बर–१ र ३ का २६ वर्षीया एक महिला तथा २० देखि ३५ वर्ष उमेर समुहका ५ पुरुष, चतुरानन्द जिल्ला कारागार सिरहाका २६ वर्षीय एक पुरुष, सिरहा–१ स्थित जिल्ला कारागारका १ देखि ६५ वर्ष उमेर समुहका १ सय ४७ पुरुष, लहान नगरपालिका वडा नम्बर–१, ५, ७ र ८ का २० र ६१ वर्षीया २ महिला तथा ४ देखि ६५ वर्ष उमेर समुहका ५ पुरुष, माडर–१६ का २५ वर्षीय एक पुरुष, सिरहास्थित एसएससि ब्यारेकका ३३ र ३५ वर्षीय २ पुरुष, धनगढीमाई नगरपालिका–१ का ३५ वर्षीय एक पुरुष, कल्याणपुर नगरपालिकाका २४ वर्षीय एक पुरुष, कर्जन्हा नगरपालिका–७ का ३३ वर्षीय एक पुरुष, नरहा गाउँपालिका–१ का ४३ वर्षीय एक पुरुष, महेन्द्रगेनाई अस्पताल धनगढीमाइमा भर्ना भएका ३४ वर्षीय एक पुरुष र सिरहा–३ का २८ वर्षीय एक पुरुष रहेका छन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ देखि ८ सम्मका ३ देखि ५५ वर्ष उमेर समुहका ११ महिला तथा उमेर नखुलेको देखि ७४ वर्षसम्मका १८ पुरुष, राजविराज नगरपालिकास्थित अदालतका २६ देखि ४९ वर्ष उमेर समुहका ४ पुरुष, जिल्ला प्रशासन कार्यालय सप्तरीका २८ देखि ६६ वर्ष उमेर समुहका ३ पुरुष, जिल्ला प्रहरी कार्यालय सप्तरीका ३७ वर्षीय २ पुरुष, छिन्नमस्ता गाउँपालिका–५ का ५८ वर्षीया एक महिला, छिन्नमस्ता अस्पतालका २३ वर्षीया महिला र २१ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–१२ का ३६ वर्षीय एक पुरुष र शम्भुनाथ नगरपालिका–६ का ११ वर्षीय एक बालक संक्रमित भएका छन् ।

रौतहटका संक्रमितहरु चन्द्रपुर नगरपालिका–६ का २१ वर्षीय एक पुरुष, गरुडा नगरपालिका वडा नम्बर–३ र ४ का १७ एवं ५३ वर्षीया २ महिला तथा २२ देखि ६२ वर्ष उमेर समुहका ७ पुरुष, इलाका प्रहरी कार्यालय गरुडाका ४० वर्षीय एक पुरुष, राष्ट्रिय वाणिज्य बैंक गरुडाका २८ देखि ५३ वर्ष उमेर समुहका ४ पुरुष, सिभिल बैंक गरुडाका २२ देखि ४० वर्ष उमेर समुहका ४ पुरुष, गौर नगरपालिकास्थित सशस्त्र प्रहरी हजमिनिया क्याम्पका २३ वर्षीय २ पुरुष र माधवनारायण नगरपालिका वडा नम्बर–३ र ४ का २५ एवं ३० वर्षीय २ पुरुष रहेका छन् ।

महोत्तरीको गौशाला त्रिशुल एस एण्ड सि रामनगरका २४ वर्षीय एक पुरुष, गौशाला नगरपालिका वडा नम्बर–८ का २९ वर्षीया एक महिला र ५ देखि ५० वर्ष उमेर समुहका ३ पुरुष, गौशाला नगरपालिका वडा नम्बर–९ का २५ वर्षीया एक महिला र गौशालास्थित सिद्धार्थ बैंकका ३५ वर्षीया एक महिला कोरोना संक्रमित भएका छन् ।

बाराका संक्रमितहरु परसौनी गाउँपालिका वडा नम्बर–२ का ३१ वर्षीय एक पुरुष, फत्तेपुर–१२ का ३६ वर्षीय एक पुरुष, जितपुर सिमरा उपमहानगरपालिका–४ का ३२ वर्षीय एक पुरुष र जितपुर सिमरा उपमहानगरपालिका–१० का ५५ वर्षीया एक महिला रहेका छन् । त्यस्तै धनुषाको नगराइन नगरपालिकाका २८ देखि ४८ वर्ष उमेर समुहका ४ जना पुरुषहरु समेत कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा १६ हजार ८ सय ८४, सिरहामा ९ हजार ७४, धनुषामा १२ हजार ८ सय २, महोत्तरीमा ६ हजार ६ सय ४५, सर्लाहीमा १२ हजार ९ सय ३९, रौतहटमा २२ हजार २ सय २०, बारामा १० हजार ७ सय १९ र पर्सामा २१ हजार ८४ गरि जम्मा १ लाख १२ हजार ३ सय ६७ जनाको स्वाब परिक्षण गरिएकोमा १२ हजार २ सय १४ जना संक्रमित भएका छन् भने ९५ हजार ८ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ४ सय ८६, सिरहामा ७ सय ४३, धनुषामा ४ सय ५०, महोत्तरीमा २ सय ५०, सर्लाहीमा ५ सय ५०, रौतहटमा ३ सय ६५, बारामा ३ सय ५८ र पर्सामा १ सय ४१ गरि कुल ४ हजार ३ सय ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ३५, धनुषामा १ सय ७९, सर्लाही ५०, रौतहटमा ५९, बारामा १ सय ६९ र पर्सामा १ सय ४१ गरि ६ सय ३३ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ५ सय ९० बेड क्षमताको १ सय ७० वटा क्वारेन्टाइनमा अहिले ४ सय ४९ जनालाई राखिएको छ भने १ हजार ५ सय ९५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ७५, सिरहामा ३ सय २९, धनुषामा २०, महोत्तरीमा ३४, सर्लाहीमा ७६, रौतहटमा ४८, बारामा ११ र पर्सामा १ सय २५ गरि ८ सय १८ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय १७, सिरहामा ३, धनुषामा ८ सय ३३, महोत्तरीमा ८ सय ७५, सर्लाहीमा १ हजार २, रौतहटमा ८ सय ५६, बारामा ३ सय १७ र पर्सामा ६ सय ९८ गरि ४ हजार ७ सय १ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय २० जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय ५४, सर्लाहीमा १ हजार ८ सय ३७, रौतहटमा १ हजार ७ सय ८५, महोत्तरीमा १ हजार ३ सय ९९, सप्तरीमा १ हजार ५८, बारामा १ हजार ४३ र सिरहामा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय १९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका १ सय ८१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ४, बाराका ८ र पर्साका १ सय ६९ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ७ सय ३४, सिरहाका ३ सय ८५, धनुषाका ९ सय ८८, महोत्तरीका ४ सय ७७, सर्लाहीका ७ सय ५५, रौतहटका ८ सय ७६, बाराका ६ सय ९८ र पर्साका १ हजार ६ सय ७० गरि ६ हजार ५ सय ८३ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्