दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु



दाङ : दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानीमा करेन्ट सर्दा तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ८ बर्षीय प्रशान्त चौधरी, ४ बर्षीय रेणुका चौधरी र ३ बर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन्।

तीनैजनाको बालबालिकाहरूको शवलाई पोष्टमार्टमको लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्