उदयपुरमा लागुऔषधसहित दुई जना पक्राउ 



उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। शनिबार प्रहरी चेकिङमा स६प ९३५५ नम्बरको मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ का वर्ष २३ को विष्णु तामाङ र त्रियुगा नगरपालिका १ का १८ वर्षका आषिस चौधरी रहेका छन्। उनीहरूसँग थप अनुसन्धान गर्ने क्रम चलिरहेको नायव उपरीक्षक थापाले बताए। 

प्रतिक्रिया दिनुहोस्