कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना



काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालालाई ज्वरो बढेपछि अस्पताल भर्ना भएका हुन । उनलाई चावहिलस्थित ओम अस्पताल लगिएको छ ।

अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्