विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगमाथि कारबाही



काठमाडौं : विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगहरु कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागले आज (बुधबार) सूचना जारी गर्दै उक्त कम्पनीहरूले उत्पादन गरेकाे स्यानिटाइजर प्रयोग नगर्न अनुराेध गरेकाे छ ।

विभागले काठमाडौं र ललितपुरका गरी तीन उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएपछि कारबाही गरेको छ ।

जसमा काठमाडौंस्थित श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्ड्रिज, ललितपुरको सम्पदा हेल्थ केयर, चिनियाँ कम्पनी गोन्जाओ ओबेपिकाल फाइन केमिकल र भारतीय कम्पनी आरएल क्रोप रहेका छन् ।

यी चार कम्पनीले उत्पादन गरी बजारमा पठाएका स्यानिटाइजर प्रयोग नगर्न विभागले सुझाव दिएको छ । साथै, कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्