पर्सा थप ५ जनामा कोरोना संक्रमण पुष्टि



पर्सा : पर्सा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा मंगलबार राति पर्साका १५२ जनाको स्वाब परीक्षण गर्दा ५ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाका अनुसार वीरगञ्ज महानरपालिका वडा नम्बर ४ की २६ वर्षीया महिला, बहुदरमाइ नगरपालिकाकी २१ वर्षीया महिला र ४७ वर्षीय पुरुष पर्सागढी नगरपालिकाका ४१ वर्षीय पुरुष र नाारायणी अस्पतालमा उपचाररत ३० वर्षीय पुरुषमा संक्रमण भेटिएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा मंगलवार कुल २८० स्वाबको परीक्षण गर्दा ५ जनामा मात्र संक्रमण भेटिएको र ती सबै ५ जना पर्सा जिल्लाका रहेको प्रवक्ता चौरसीयाले जानकारी दिए ।

५ जना थपिएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार ४५६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

ती मध्ये १ हजार ८३७ जना निको भइ सकेका छन् । ४३ जनाको भने मृत्यु भएको छ ।

प्रकशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्