बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध



म्याग्दी : बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको हो ।

मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् ।

मंगलबार बिहानैदेखि रुप्सेमा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएकामा सडक नै बगेपछि बुधबारदेखि पूरै ठप्प भएको हो । बाढीले दुवैतर्फको पूरै भित्तो बगाएकाले तत्काल नयाँ ट्र्याक खोल्नसमेत समस्या देखिएको छ ।

साउन २६ गतेको बाढीले एक महिनासम्म अवरुद्ध सडक रुप्से झरनामा नयाँ ट्र्याक खोलेर भदौ १ देखि यातायात सञ्चालन गरिएको थियो ।

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्