‘श्रीमद्भगवद् गीता’को निर्देशन आफै गर्दै नीता



काठमाडौँ : नेपाली चलचित्रकी नायिका नीता ढुंगाना वेव सिरिज निर्माणमा जुटेकी छन् ।

आफ्नो जन्मदिन मनाउने क्रममा नायिका नीताले ‘श्रीमद्धभागवत गीता’ निर्माण गर्न लागेको जानकारी दिएकी हुन् । युटुब र टेलिभिजनमा प्रशारण हुने करिब ४० भागको यो वेव सिरिजलाई नीता आफैले निर्देशन गर्ने घोषणा गरेकी छन् ।

उनले अघिल्लो बर्ष आफ्नै जन्मदिनको अवसर पारेर एक फिल्म प्रोडक्सन हाउस घोषणा गर्दै फिल्म निर्माणको समेत जानकारी दिएकी थिइन् । तर, कोरोना महामारीका कारण उनको उक्त योजना अघि बढ्न सकेको थिएन ।

रामजी लामिछानेको कोरियोग्राफी, वनिष शाहको सम्पादन, संजय लामाको छायांकन रहने सिरिजमा कलाकारको नाम भने सार्वजनिक गरिएको छैन । सिरिजले अर्जुन र कृष्णको संवाद प्रस्तुत गर्ने बताइएको छ । यसअघि उनकै स्वरमा ‘गणेश भजन’ सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्