लागूऔषध ब्राउन सुगरसहित कार्की पक्राउ



इटहरी : प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ बीने गोविन्द कार्कीका २३ वर्षीय छोरा सुजन कार्की रहेका छन् ।

सूचना अधिकृत एवं प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठका अनुसार सोही वडास्थित खेती खोला एरियामा अवैध लागूऔषध ब्राउन सुगरको ओसारपसार तथा खरिद बिक्री हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गबाट कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुजनको साथबाट प्रहरीले अवैध लागूऔषध २.८२ ग्राम फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

पारम्भिक अनुसन्धान पश्चमत सुनसरी जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्