विश्वमा नौ लाख ३९ हजारभन्दा बढीको मृत्यु


जेनेभा : विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बुधबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६७ लाख ७८ हजार १४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख ६८ हजार ८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने दुई लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ५० लाख २० हजार ३५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३९ लाख ४२ हजार ३६० कोरोना भाइरस मुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख ७१ हजार १२८ कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ७३ हजार ८४९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ आठ लाख ८४ हजार ३०५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ७५० जनाको मृत्यु भएको छ ।

पेरुमा सात लाख ३८ हजार २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ पाँच लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९२७ जनाको मृत्यु भएको छ ।
कोलम्बिया सात लाख २८ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ छ लाख सात हजार ९७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा छ लाख ७६ हजार ४८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ चार लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा छ लाख ५१ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ पाँच लाख ८३ हजार १२६ कोरोनाभाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ ।
स्पेनमा छ लाख ३ हजार १६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार चार जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना पाँच लाख ७७ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ चार लाख ३८ हजार ८८३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना

काठमाडौं : जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर

पाल्पा : पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरो जाँदा तीन घर पुरिएको छ भने ६

काठमाडौं– सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७

काठमाडौं– सरकारले काभिड १९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा यात्रु राखेर सार्वजनिक यातायात सञ्चालन गर्न

काठमाडौं– कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले मृत्यु संकास्पद नभएको