कर वृद्धिका कारण भारतमा टोयोटाले कारोबार विस्तार नगर्ने



नयाँ दिल्लीः भारतमा अधिक करका कारण जापानी मोटर कम्पनी टोयोटाले कारोबार विस्तार नगर्ने जनाएको छ ।

कम्पनीको यो कदम मोदीका लागि झट्का मानिएको छ । उनी विश्वव्यापी कम्पनीलाई भारत ल्याउने प्रयासमा थिए । यो विषयको बारेमा जानकारहरुले गत साता नै बताएको रिपोर्टमा उल्लेख गरिएको छ ।

सरकारले कम्पनीहरुलाई म्यानुफ्याक्चरिङ प्लान्ट बनाउन २३ अर्ब डलरको प्रोत्साहन दिने योजना बनाएको थियो । भारत विश्वकै चौथो ठूलो कार बजार हो ।

अटोमोबाइल कम्पनीहरुले आफ्नो कारोबार विस्तार गर्न लगातार कठिनाइको सामना गर्नु परेको बताउँदै आएका छन् । टोयोटाको भारतीय एकाई टोयोटा किर्लोस्कर मोटरका उपाध्यक्ष शेखर विश्वनाथनले सरकारले कार र मोटरसाइकलमा बढी कर लगाएको र यसबाट कम्पनीले आफ्नो व्यापार बढाउन कठिनाईको सामना गरेको बताएका छन् ।

उनले भने,‘धेरै करका कारण गाडि प्रयोगकर्ताको पहुँचबाट पर हुनेछ । यसको अर्थ कारखानमा काम हुँदैन र रोजगारी पनि सिर्जना हुँदैन।’ टोयोटाले भारतमा १९९७ मा कारोबार सुरु गरेको थियो ।

भारतीय एकाईमा कम्पनीको हिस्सेदारी ८९ प्रतिशत छ । फाडाको आंकडा अनुसार २०२० को अगस्टमा घरेलु वहान बजारमा टोयोटाको हिस्सा २.६ प्रतिशत रहेको थियो । जुन १ वर्ष अगाडिसम्म ५ प्रतिशत थियो । एजेन्सी

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्