तनहुँमा ‘फुड बैंक’ स्थापना


काठमाडाैं : कोरोना सङ्क्रमण महामारीको मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी तनहुँको डुम्रेमा ‘फुड बैंक’ स्थापना गरिएको छ ।

डुम्रेस्थित युनिटी गु्रपमा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी खाद्यान्न सङ्कलन गरिरहेका छन् । ‘हुनेले दिने र नहुनेले लैजाने’ भन्ने मूल नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट एक व्यक्तिलाई एक पटकमा साढे चार किलो चामल, एक पोका नुन र एक पोका सोयाबिनलगायत सामग्री बितरण गरिरहेको गु्रपका संयोजक बिक्रम गुरुङले बताए ।

उनले कोरोना सङ्क्रमण महामारीको मारमा परेका विपन्न, अपाङ्ता भएका, वृद्धवृद्धा र रोजगारी गुमाएका परिवारलाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पु¥याउन ‘फुड बैंक’ स्थापना गरिएको बताए । संयोजक गुरुङले भने, “स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तक दाताहरुबाट सहयोग जुटाउने कार्य थालेका छौ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मङ्गलबार उक्त बैंकको उद्घाटन गर्दै युवाको समूहले राम्रो कामको शुरुवात गरेको र यो पुण्य कार्यमा गाउँपालिकाले पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सो गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोखरेलले यस्तो सकारात्मक कार्यलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना

काठमाडौं : जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर

पाल्पा : पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरो जाँदा तीन घर पुरिएको छ भने ६

काठमाडौं– सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७

काठमाडौं– सरकारले काभिड १९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा यात्रु राखेर सार्वजनिक यातायात सञ्चालन गर्न

काठमाडौं– कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले मृत्यु संकास्पद नभएको

काठमाडौं : कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद नभएको केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले दावी

काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड-१९) काे संक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि