खानेपानी आयोजनाको काम सम्पन्न



भोजपुर : रामप्रसाद राई गाउँपालिका–४ दलगाउँमा रु एक करोड लागतमा भूमेथान लिफ्टिङ आयोजनाको काम सम्पन्न भएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको रु ७१ लाख, प्रदेश नं १ सरकारको रु छ लाख ९० हजार तथा गाउँपालिका र वडा कार्यालयको रु २३ लाख गरी रु एक करोड ९० हजार लागतमा आयोजनाको काम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

आयोजनाबाट विगतका वर्षमा पानीको अत्यन्तै समस्या झेल्दै आएका १२० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । दलगाउँको सावुवा खोलाबाट करिब ५५० मिटरको उचाइमा चार रिजर्भ ट्याङ्की निर्माण गरेर पानी बस्तीसम्म ल्याइएको वडाध्यक्ष फौदसिं कार्कीले जानकारी दिए । निर्माण सम्पन्न भएसँगै आयोजनाको सांसद सुदन किराँतीले उद्घाटन गरेका छन । लिफ्टिङ खानेपानी आयोजनाको काम २०७६ जेठदेखि शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्