डुङ्गा पल्टिँदा एकजना बेपत्ता



नवलपरासी : बर्दघाट–सुस्ता पश्चिमस्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । अन्य छ जना पौडी खेलेर बाँच्न सफल भएका छन् ।

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।

बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्