अरिङ्गाल पोल्न रूख चढेका युवकको मृत्यु, एक जना घाइते



धादिङ : रूखको हाँगा भाँचिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

अरिङ्गाल पोल्न रुखमा चढेको बेला हाँगा भाचेर लडेपछि ३५ वर्षीय अर्जुनबहादुर थापामगरको मृत्यु भएको हो भने २४ वर्षीय राजवीर गुरुङ घाइते भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका ४ मा अरिङ्गाल पोल्न जाँदा रूखको हाँगा भाँचिएर लड्दा उनको मृत्यु भएको थियो । रूखबाट लड्दा टाउकामा चोट लागेर म्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्