मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं : मेगा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले असोज १ गतेबाट लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका हो । नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचतमा न्यूनतम ३-५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

बैंकले विदेशी मुद्राका निक्षेप खाताहरुमा भने ०.५० प्रतिशतसम्म ब्याजदर दिने भएको छ । मुद्दति खातामा बैंकले व्यक्तिगत तर्फ १ सम्मलाई ६.७५ प्रतिशत र एक वर्षभन्दा माथिका मुद्दतिमा ८.२५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । संस्थागत मुद्दतिमा बैंकले ६ प्रतिशतदेखि ७.१० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले कर्जा तर्फ न्यूनतम १०.३ देखि अधिकतम १३.३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको जनाएको छ । हाल बैंकले कायम गरेको बेसरेट ८.३० प्रतिशत छ ।

जसअनुसार बैंकले कर्जाको ब्याजदर निर्धारण गरेको हो । बैंकले न्यूनतम १ वर्षसम्मको फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ । जसमा होम लोन, टम लोन, अटो लोन, एजुकेशन लोन लगायतका कर्जामा १३.३ ब्याजदरमा प्रवाह गर्ने घोषणा गरेको छ ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्