गाउँदेखि सिंहदरबारसम्म भ्रष्टाचार : नेकपा नेता शर्मा



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमार शर्माले तीन तहको सरकार गठन भएसँगै भ्रष्टाचार गाउँदेखि सिंहदरबारसम्म मौलाएको बताएका छन् । साथै उनले वर्तमान अवस्थामा भ्रष्टाचार देशको प्रमुख समस्या रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले संघीय व्यवस्था पूर्व एउटामा केन्द्रीय सरकार हुन्थ्यो जसले गर्दा सिमित व्यक्तिहरु मात्रै भ्रष्टाचार गर्न पाउथ्यो भनेका छन् ।

‘संघीय व्यवस्था लागू भएदेखि तीन तहको सरकार गठन भएसँगै भ्रष्टाचार पनि गाउँदेखि सिंहदरबारसम्म मौलाएको छ,’ उनले लेखेका छन्–‘ केन्द्रीय व्यवस्थामा भ्रष्टाचारबारे थोरै मानिसहरु प्रभावित हुन्थ्यो वा जानकारी राख्थ्यो भन्ने संघीयताको कारण यसबाट बहुसंख्यक जनता प्रत्यक्ष जानकारी एवं प्रभावित हुँदैछ ।’

उनले एकात्मक व्यवस्थामा नेपाली जनताको लागि अधिकारको लडाइ हुने भएका छन् । तर, संघीयतापछि भ्रष्टाचारको मुद्दा प्रमुख भएर आएको देखिएको बताए ।

यसले गर्दा सरकार र जनताबीच भ्रष्टाचार प्रमुख अन्तरविरोधको रुपमा समेत देखिएको उनको भनाइ छ ।

‘सबै पार्टीका जनताहरु तीनै तहको सरकारहरुसँग संघर्षको अवस्थामा देखिन्छ । सरकारहरु यसबाट पनि हट्नुको सट्टा आफ्नो कमजोरी दुकाउन पार्टी, क्षेत्र, जाती र धर्मको कभरमा ढाक छोपमा लागेको देखिन्छ,’ उनले लेखेका छन् ।

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्