‘भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी नेपालका अद्वितीय हितैषी’


काठमाडौँ : पूर्वराष्ट्रपति रामवरण यादवले हालै दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको नेपालमा शान्ति स्थापना गराउन ठूलो हात रहेको स्मरण गरेका छन् । उनले मुखर्जीलाई ‘नेपालका अद्वितीय हितैषी’ भन्दै नेपालमा गणतन्त्र स्थापनामा मुखर्जीको ठूलो नैतिक समर्थन रहेको समेत स्मरण गराए।

मुखर्जीप्रति श्रद्धाञ्जली अर्पण गर्न र नेपालसँगको सम्पर्क स्मरण गर्न आयोजित भर्चुअल समारोहमा पूर्वराष्ट्रपति यादवले ‘मुखर्जी छिमेकी राष्ट्र भारतका उच्च कदका सपूत’ रहेको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वर्गीय मुखर्जीलाई नेपालको हरेक लोकतान्त्रिक आन्दोलनका सहयोगी भन्दै नेपालका हरेक नेतासँग भावनात्मक सम्बन्ध रहेको बताए । अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि नेपाल र नेपालीका हितैषी भारतीय राजनेताका रूपमा मुखर्जीलाई चिनाएका थिए ।

पूर्वपरराष्ट्रमन्त्री एवं समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई ‘स्पष्ट वक्ता र दूरदृष्टि भएका राजनेता’ का रूपमा स्मरण गरे । ‘मुखर्जी नेपाल–भारत द्विदेशीय सम्बन्धलाई अत्यन्त महत्त्वका साथ हेर्ने एक राजनेता हुनुहुन्थ्यो,’ यादवले भने ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला, प्रदीप गिरी र विमलेन्द्र निधिले ‘नेपालमा लोकतन्त्र र शान्ति स्थापनाको पक्षमा मुखर्जीले दिएको साथ–सहयोग स्मरणीय रहेको’ बताएका थिए । नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि भएको १२ बुँदे सम्झौतामा मुखर्जीले गरेको सहयोगबारेमा स्मरण गरेका थिए ।

पूर्वराजदूत विजयकान्त कर्णले संयोजन गरेका भर्चुअल श्रद्धाञ्जली समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकी छोरी शर्मिष्ठा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र साउथ एसिया फाउन्डेसनका राहुल बर्माले मुखर्जीको निधनप्रति नेपाल र नेपालीले देखाएको समवेदना भावप्रति कृतज्ञता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद