बुधबार प्रदेश २ मा २७५ नयाँ संक्रमित थपिए, २१५ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु हुनुका साथै २ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ भने संक्रमितको संख्या १२ हजार ४ सय ८९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज सप्तरीको खडक नगरपालिका वडा नम्बर-३ का ३६ वर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १९ महिला र ९४ पुरुष गरि १ सय १३ जनाको मृत्यु भईसकेको उनले बताए ।

अहिलेसम्म पर्सामा ४०, बारामा १७, धनुषामा १३, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ५, सर्लाहीमा ४ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा पछिल्लो २४ घण्टामा २ महिला र २ सय ७३ पुरुष सहित २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (बुधबार) प्रदेश २ मा सबैभन्दा बढी सिरहामा २ सय ५९, सप्तरीमा ८, पर्सामा ५, महोत्तरीमा १, रौतहटमा १ र सर्लाहीमा १ जना संक्रमित भएका छन् । प्रदेशमा बुधबारसम्म संक्रमितको संख्या १२ हजार ४ सय ८९ पुगेको छ । संक्रमितमध्ये १० हजार ५ सय ३८ पुरुष र १ हजार ९ सय ५१ महिला रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

सिरहामा संक्रमण पुष्टि भएकाहरु सिरहा–१ स्थित जिल्ला कारागारका उमेर नखुलेकोदेखि ७३ वर्ष सम्मका २ सय ५९ जना पुरुष कैदिबन्दीहरु रहेका छन् । त्यस्तै, सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–५ र ८ का ५८ एवं ६० वर्षीय २ पुरुष, राजविराज नगरपालिका–६ का ५९ वर्षीय एक पुरुष, राजविराज नगरपालिका–२ का ३४ वर्षीय एक पुरुष, राजविराज नगरपालिका–६ स्थित आइसोलेसन सेन्टरका २५ वर्षीय २ जना पुरुष कर्मचारी, भागवतपुर–५ का उमेर नखुलेको एक पुरुष र खडक नगरपालिका–३ का ३६ वर्षीय एक पुरुष कोरोना संक्रमित भएका छन् ।

पर्साका संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका २६ वर्षीय एक पुरुष, बहुदरमाइ नगरपालिकाका २१ वर्षीया एक महिला र ४७ वर्षीय एक पुरुष, पर्सागढी नगरपालिका–४ का ४१ वर्षीय एक पुरुष र नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जका ३० वर्षीय एक पुरुष रहेका छन् ।

त्यस्तै, रौतहटको वागमती नगरपालिका–११ का ७० वर्षीय एक बृद्ध, सर्लाहीको हरिवन नगरपालिका–११ का ७२ वर्षीया एक बृद्धा र महोत्तरीको सोनमा गाउँपालिका घर भई हाल जनकपुरधाम–८ स्थित सुरक्षा अस्पतालमा रहेका ७५ वर्षीय एक बृद्ध कोरोना संक्रमणको चपेटामा परेका छन् ।

प्रदेशभरीमा बुधबारसम्म सप्तरीमा १६ हजार ९ सय ५३, सिरहामा ९ हजार ८ सय ४५, धनुषामा १२ हजार ८ सय ५५, महोत्तरीमा ६ हजार ७ सय ४, सर्लाहीमा १२ हजार ९ सय ६३, रौतहटमा २२ हजार २ सय ४५, बारामा १० हजार ७ सय १९ र पर्सामा २१ हजार ८४ गरि जम्मा १ लाख १३ हजार ३ सय ६८ जनाको स्वाब परिक्षण गरिएकोमा १२ हजार ४ सय ८९ जना संक्रमित भएका छन् भने ९६ हजार ८ सय ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार २ सय ९८, सिरहामा ७ सय ७१, धनुषामा ५ सय ३०, महोत्तरीमा ३ सय ९, सर्लाहीमा ३ सय, रौतहटमा ३ सय ६५, बारामा ३ सय ५८ र पर्सामा १ सय ४१ गरि कुल ४ हजार ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ६९, सिरहामा ७ सय ७१, धनुषामा ५३, महोत्तरीमा ५९, सर्लाहीमा २४ र रौतहटमा २५ गरि १ हजार १ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ५ सय ७५ बेड क्षमताको १ सय ७० वटा क्वारेन्टाइनमा अहिले ४ सय ३२ जनालाई राखिएको छ भने १ हजार ३ सय ९० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ७३, सिरहामा ४ सय ८६, धनुषामा १६, महोत्तरीमा १६, सर्लाहीमा ६३, रौतहटमा ४९, बारामा १२ र पर्सामा १ सय २५ गरि ९ सय ४० जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय १७, धनुषामा ८ सय ३३, महोत्तरीमा ८ सय ७६, सर्लाहीमा १ हजार ३, रौतहटमा ८ सय ५३, बारामा २ सय ५८ र पर्सामा ६ सय ९८ गरि ४ हजार ६ सय ३८ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय २५ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय ५४, सर्लाहीमा १ हजार ८ सय ३८, रौतहटमा १ हजार ७ सय ८६, महोत्तरीमा १ हजार ४ सय, सिरहामा १ हजार ७७, सप्तरीमा १ हजार ६६ र बारामा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ७८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका २ सय १५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ४, सिरहाका ८, धनुषाका ४, महोत्तरीका १८, सर्लाहीका १३, रौतहटका ३ र बाराका १ सय ६५ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ७ सय ३८, सिरहाका ३ सय ९३, धनुषाका ९ सय ९२, महोत्तरीका ४ सय ९५, सर्लाहीका ७ सय ६८, रौतहटका ८ सय ७९, बाराका ८ सय ६३ र पर्साका १ हजार ६ सय ७० गरि ६ हजार ७ सय ९८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्