डिजेल, मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत



काठमाडौंः डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँ घटेको छ ।

निगमले डिजेल-मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया कायम गरिएको जनाएको छ । नयाँ मूल्य सूची आजै रातिदेखि लागू हुनेछ ।

नेपाल आयल निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्