‘दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

आज (बिहीबार) भारतीय प्रधानमन्त्री मोदीको ७० औँ जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शुभकामना दिएका हुन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् ।

‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु,’ समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले ट्वीट गरेका छन्–‘हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

यता प्रधानमन्त्री मोलीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टी (भाजपा) ‘सेवा सप्ताह’ अभियान शुरु गरेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार यस अभियानमा वृक्षरोपण, कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमा फलफूल वितरण, औषधि उपकरण वितरणलगायतका कार्यक्रम गरिने भाजपाले जनाएको छ ।भाजपाले मोदीको जन्म

दिन यस्तै सेवामुलक कार्यक्रम गरेर एक हप्तासम्म मनाउन जिल्ला जिल्ला समितिहरुलाई परिपत्र गरेको छ ।

प्रकाशित : असोज १, २०७७

प्रतिक्रिया दिनुहोस्