पशुपति क्षेत्रमा प्रहरी र भक्तजनबीच घम्साघम्सी



काठमाडौं : दर्शन गर्न पाउनुपर्ने भन्दै पशुपति क्षेत्रमा भक्तजनहरुले प्रदर्शन गरेका छन् । पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले बिहीबार बिहान मन्दिर छिर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी र दर्शनार्थीबीच झडप भएको हो ।

नाराबाजी गर्दै दर्शनार्थी प्रदर्शनमा उत्रेपछि प्रहरीले उनीहरुलाई तितरवितर पारेको छ । पशुपति आसपासमा भक्तजन र प्रहरीबीच झडप भइरहेको बताइएको छ ।

योजनाबद्ध रुपमा पशुपतिनाथ लगायका आपसका मन्दिर खुला गर्नुपर्ने मागसहित भक्तजनहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले आफ्नो धार्मिक आस्थामा सरकारले आक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाइरहेको छ ।

प्रकाशित : असोज १, २०७७

प्रतिक्रिया दिनुहोस्