देउवा होम आइसोलेसनमा बसेसँगै सत्तारुढ र प्रतिपक्षबीचको छलफल स्थगित



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवा होम आइसोलेसनमा बसेका हुन् ।

स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने छ ।

ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

लेखकका अनुसार देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ ।

बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफलका लागि बैठक तय गरिएको थियो ।

सम्बन्धित समाचार

सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताबीच बिहीबार छलफल हुने

प्रकाशित : असोज १, २०७७

प्रतिक्रिया दिनुहोस्