विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु



विराटनगर : विराटनगरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका–६ का ६६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको कोशी अस्पताल आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए । मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

यादवका अनुसार ६६ वर्षीय पुरुषलाई गम्भीर अवस्थामा बुधबार राति ११ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएको करिब १ घण्टापछि मृत्यु भएको थियो । मृत्यु पछि बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले ति पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर पुर्‍याएका थिए । अस्पतालले कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि कोशी अस्पताल पठाएको थियो । यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित : असोज १, २०७७

प्रतिक्रिया दिनुहोस्