भारतीय प्रधानमन्त्री मोदीले दिए प्रम ओलीलाई धन्यवाद



काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनका अवसरमा शुभकामना दिएकामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिएका थिए । त्यसको जवाफमा मोदीले रिट्वीट गर्दै धन्यवाद दिएका हुन् । उनले सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धका आधारमा नेपाल भारतबीच कायम सम्बन्धलाई भविष्यमा थप बलियो बनाउने प्रतिबद्धतासमेत प्रकट गरेका छन् ।

‘दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं’

प्रतिक्रिया दिनुहोस्