‘चिमरैतनी चिमरैतनी’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं : ‘चिमरैतनी चिमरैतनी’ बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका अनुमा चौधरी र राजकुमार चौधरीको स्वरमा रहेको म्युजिक भिडियो आज सार्वजनिक भएको हो ।

भिडियोमा एक गाउँको केटाले अर्को गाउँको केटीलाई मन पराएर चिमरैतनी चिमरैतनी भनेर जिस्काएको र केटीले भाउ खोज्दै बेल्हैता बेल्हैता भनि कुरा काटेको कथा छ । केटाकेटीले पहिलो पटकको भेटदेखि नै एक अर्कालाई मन पराएको भिडियोमा देख्न सकिन्छ ।

म्युजिक भिडियोमा अजयदीप चौधरीको शब्द र गायक चौधरी र यशोधा भगतको अभिनय रहेको छ । बर्जु मिडियाले बजारमा ल्याएको म्युजिक भिडियोमा धिरेन शाह र अजित दासको छायांकन रहेको छ भने कार्तिक राजबंशिले निर्देशन गरेका छन् ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्