समय तीन महिना, विकास खर्च ६ प्रतिशत



काठमाडौं : चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा विकास बजेट खर्च अत्यन्तै न्यून रहेको छ । यस अवधिमा महिनाको २ प्रतिशतको हाराहारीमा मात्रै पुँजीगत खर्च भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो तीन महिनामा पुँजीगत बजेटतर्फ जम्मा १७ अर्ब ३९ करोड रुपैयाँ खर्च भयो । यो रकम कुल विकास बजेटको तुलनामा ५ दशमलव ५१ प्रतिशत हो ।

 

यो तथ्यांकले सरकारले प्रतिमहिना २ प्रतिशतभन्दा कमको दरले पुँजीगत खर्च गरेको देखिन्छ । चालू आवको बजेटमा ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विकास बजेट विनियोजन गरिएको छ । 

 

तीन महिनाको अवधिमा भएको खर्चलाई अधार मान्दा यस वर्ष सरकारले लिएको बजेट खर्चको लक्ष्य पूरा हुन कठिन हुने देखिन्छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्