नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍यो



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज शुक्रबार बस्ने भनिएको सचिवालय बैठक आइतबारका लागि सरेको छ।

बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको थियो। बैठक असोज ४ गतेका लागि सरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले बताए ।

बैठकमा मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक निकायमा रिक्त रहेका पद, सांगठनिक एकतालगायतका विषयमा छलफल हुने जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्