प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको ७५ औँ महासभामा सम्बोधन गर्ने



काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने भएको छ ।

न्युयोर्कमा आज शुक्रबार देखि शुरु भएको ७५औँ महासभामा ओलीले बैठकलाई आगामी सोमबार सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र यही असोज १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

महासभाअन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजबाट शुरु भएको छ । यो वर्षको महासभाको छलफलको विषय ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ: प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ रहेको छ।

प्रतिक्रिया दिनुहोस्