दलालसँगकाे मिलेमताेमा बीच बाटैबाट मल गायब 



लहान : कृषि उत्पादन बढाउन सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराए पनि कृषि सामग्री लहानले दलालसँग मिलेर व्यापारीलाई बीच बाटोबाटै बिक्री वितरण गर्ने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल पुर्याउनुपर्ने हुन्छ । 

 

तर अधिकांश सहकारी संस्थाले आवश्यकताभन्दा बढी रासायनिक मल लैजाने गरे पनि सो मल किसानसम्म नपुगी सहकारी संस्थालेबीच बाटोमै बिक्रेतालाई बढी रकम लिएर बेच्ने गरेको लहान–३ का किसान सत्यनारायण महतोले गुनासो गरे ।

 

सहकारी संस्थाले तोकिएको मूल्ययभन्दा बढी रकम लिने र जथाभावी ढुवानी खर्च राख्ने गरेकाले किसानले महङ्गोमा मल किन्नुपर्ने बाध्यता रहेको सामग्रीमा मल लिन आएका लहान–८ का किसान शिवशङ्कर महतो बताए ।

 

रासायनिक मलमा भइरहेको अनियमितता हटाउन कृषक समूह महासङ्घ सिरहाको अगुवामा सरोकारवालाबीच छलफल गरेको छ । किसानलाई वितरण गर्न ल्याइने मल बीच बाटोबाटै व्यापारीलाई बिक्री गर्ने गरेको खुलासा भएको छ ।

 

अनियमिततालाई रोक्न तथा कृषकसम्म तोकिएको मूल्य रासायनिक मल पु¥याउन कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्