घरमा भ्वाङ, परिवार विस्थापित



कास्की– अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा पाँच घर परिवार विचलीमा परेका छन् । मानविय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन । सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासि ठुलो भ्वाङ परेको स्थानीयले बताएका छन् ।

मङ्गलवार बिहान भुवाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताए । घर क्षति भएपनि ज्यान जोगाउन सकिएको उनको भनाई छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उनले बताए ।

पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताए । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उनले बताए ।

प्राकृतिक विपतीले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन् । घर, सडक, पुल, नहर लगायतका स्थानहरु बढी भासिने गरेकोले त्यो समस्या समाधानका लागि आवश्यक योजना बनाएर अगाडी बढ्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो