१३ विद्यार्थी संगठनकाे शिक्षामन्त्रीलाई ७ दिने अल्टिमेटम




काठमाडौंः १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै ७ दिने अल्टिमेटम दिएका छन् ।

विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र खेर जाने अवस्था देखिए पनि समस्या समाधानका लागि सरकार गम्भीर तथा सरोकारवालासँग छलफल नगरेको विद्यार्थी संघ–संगठनको आरोप छ ।

शुक्रबार संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन् । निजी विद्यालय र क्याम्पसहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क उठाएकोले कारवाबाही गर्न माग गरिएको छ ।

पोखरालगायत विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न विद्यार्थी संगठनको माग छ । शिक्षण संस्थामा रहेका क्वारेन्टिन हटाउन र शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको योजना बनाई कक्षा संचालन गर्ने व्यवस्था मिलाउन उनीहरूको माग छ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्