शोविकको सेक्रेट च्याटले सुशान्त केश मोडिन सक्ने



मुम्बई : दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी गर्लफ्रेण्ड रिया चक्रवर्तीका भाइ शोविक चक्रवर्ती र ड्रग्स डिलर अनुज केशवानीबीचको एक ह्वाटसएप च्याट बाहिरिएको छ ।

भारतीय न्यूज च्यानल जी न्यूजका अनुसार उक्त च्याटमा अनुज र शोविकले ‘ड्रग्स’ डेलिभरीबारे कुरा गरेका छन् । उक्त च्याटमा ‘ड्रग्स’ को तस्वीर पनि शेयर गरिएको जी न्यूजले जनाएको छ ।
च्याट शेयर भएपछि सुशान्तको आत्महत्यासँग जोडिएका कैयन् राज खोलिदिन सक्ने आँकलन गरिएको छ । च्याटमा अनुजले गाँजाको तस्वीर शेयर गरेको बताइएको छ । उक्त च्याटमा ‘५० ग्राम माल पठाइएको’ भनिएको छ ।

यो केशमा अन्य बलिउड कलाकारको पनि नाम मुछिन सक्ने र अरुले पनि लागूऔषध (ड्रग्स) को प्रयोग गर्ने गरेको हुनसक्ने बताइएको छ । सुशान्तलाई लागुऔषध दिएकोतर्फ अनुसन्धान मोडिएपछि सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्