ऊर्जामन्त्री होम क्वारेन्टिनमा



काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ऊर्जा मन्त्री वर्षमान पुन, उनकी पत्नी पूर्व सभामुख ओनसरी घर्तीसहित परिवारका सदस्य, सचिवालयका सदस्य र सुरक्षाकर्मी गरी ३० जनाको पिसिआर परिक्षण गरिएको थियो ।

एक जना सुरक्षाकर्मी बाहेक सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको उर्जा मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए । सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएकाले मन्त्री पुन ५ दिन होम क्वारेन्टिनमा बस्ने भट्टले बताए ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्