उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर दोस्रो साता



नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार बसेको महासंघ पदाधिकारीको बैंठकले आगामी ११ र १२ मंसिरलाई साधरणसभाको मिति तय गरेको हो ।

गत २८ र २९ चैतमा हुनु पर्ने महाधिवेसन कोभिड- १९ को कारण सर्दै आएको थियो । महासंघ उपाध्यक्ष चन्द्र ढकालका अनुसार पदाधिकारीको निर्णय अनुमोदन गर्न असोज दोस्रो साता कार्यसमितिको बैठक बस्ने छ ।

नयाँ नेतृत्व छनोट गर्ने साधारणभा अनलाइनबाट गर्ने र चुनाव प्रत्यक्ष वा अनलाइन भोटिङका माध्ययमाबाट गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्