५ विषयमा संविधान संशोधन गर्न बाबुराम भट्टराईको माग



काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान ट्विटरमा उनले संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिनुपर्ने बताएका हुन्।

महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, पहिचान र सामर्थ्यको आधारमा संघीय पुनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।

भ्रष्टाचार रोक्न जनलोकपाल र अदालतको पुनर्संरचना गर्नुपर्ने डा भट्टराईको ट्विटमा उल्लेछ छ।

प्रतिक्रिया दिनुहोस्