गोपाल पराजुलीको अवकाश : मिति बढाएर पेन्सनपट्टा



काठमाडौं  : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएका छन् । 

 

सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम गरेकामा मिश्रले २०७४ फागुन ३० गते कायम हुने गरी सिफारिस गरेका हुन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

 

न्यायपरिषद् अध्यक्षका हैसियतले प्रधानन्यायाधीश मिश्रले २०७४ फागुन ३० गते अवकाश मिति कायम हुने गरी निर्णय गरेको परिषदका प्रवक्ता रामेश्वर रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्