ललितपुरमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु



ललितपुर : ललितपुरमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

पछिल्लो १६ घण्टाको अवधिमा ललितपुरका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष र भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यस्तै भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।

त्यसैगरी असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको आज (शनिबार) मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रकाशित : असोज ३, २०७७

प्रतिक्रिया दिनुहोस्