कांग्रेसका महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज



काठमाडौं : कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१२ दिन पहिले अस्पताल भर्ना भएका उनी शनिबार डिस्चार्ज भएका हुन । स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा डिस्चार्ज भएको कोइरालाले बताए ।

यद्यपि चिकित्सकको सल्लाह अनुसार आफू अझै केही दिन होम आइसोलेसनमा बस्ने बताए ।

कोइरालाको ११ औं दिनका दिन हिजो (शुक्रबार) स्वाब संकलन गरिएको थियो । उनका स्वकीय सचिव भरत तिवारीका अनुसार उनले ७ गते पुनः स्वाब परीक्षण गरिने जानकारी दिए ।

प्रकाशित : असोज ३, २०७७

प्रतिक्रिया दिनुहोस्