पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा १२०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गरी उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । पछिल्लो १४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतलले जानकारी दिए ।

त्यस्तै नेपालमा ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : असोज ३, २०७७

प्रतिक्रिया दिनुहोस्