प्रदेश २ मा शनिबार १३२ नयाँ संक्रमित थपिए, ९४ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु हुनुका साथै १ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ भने संक्रमितको संख्या १२ हजार ८ सय ६४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज मृत्यु हुनेमा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर-९ का ५५ वर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १९ महिला र ९७ पुरुष गरि १ सय १६ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पर्सामा ४०, बारामा १७, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ५, सर्लाहीमा ५ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा पछिल्लो २४ घण्टामा २२ महिला र १ सय १० पुरुष सहित १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (शनिबार) यस प्रदेशमा बारामा १ सय ११, सर्लाहीमा १३, पर्सामा ६ र धनुषामा २ जना संक्रमित भएका छन् । प्रदेशमा शनिबारसम्म १० हजार ८ सय ४५ पुरुष र २ हजार १९ महिला गरि जम्मा १२ हजार ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा शनिबार १ सय ३२ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा १७ हजार १ सय ६१, सिरहामा १० हजार २, धनुषामा १३ हजार १ सय, महोत्तरीमा ६ हजार ७ सय ६६, सर्लाहीमा १३ हजार ८, रौतहटमा २२ हजार २ सय ४५, बारामा १० हजार ८ सय ५ र पर्सामा २१ हजार ४ सय १५ गरि जम्मा १ लाख १४ हजार ५ सय २ जनाको स्वाब परिक्षण गरिएकोमा १२ हजार ८ सय ६४ जना संक्रमित भएका छन् भने ९८ हजार ९ सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार १ सय ३, सिरहामा १ सय ७५, धनुषामा ४ सय ३०, महोत्तरीमा २ सय, सर्लाहीमा २ सय ४०, रौतहटमा ३ सय ५०, बारामा १ सय १ र पर्सामा ८९ गरि कुल २ हजार ६ सय ८८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय १९, सिरहामा ६९, धनुषामा १ सय १४, महोत्तरीमा ३३, सर्लाहीमा ४०, बारामा ५५ र पर्सामा ८९ गरि ५ सय १९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ५ सय ७५ बेड क्षमताको १ सय ७० वटा क्वारेन्टाइनमा अहिले ३ सय ७२ जनालाई राखिएको छ भने १ हजार ५ सय ४७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ६६, सिरहामा ७ सय ४९, धनुषामा ७, महोत्तरीमा ९, सर्लाहीमा ६३, रौतहटमा ४३, बारामा १७ र पर्सामा ८३ गरि १ हजार १ सय ३७ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा २ सय ८, धनुषामा ८ सय ५०, महोत्तरीमा ८ सय ७६, सर्लाहीमा ७ सय ७४, रौतहटमा ८ सय ५९, बारामा ३ सय ३६ र पर्सामा ६ सय ९८ गरि ४ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय ६३ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय ७६, सर्लाहीमा १ हजार ८ सय ५६, रौतहटमा १ हजार ७ सय ९७, महोत्तरीमा १ हजार ४ सय ३, बारामा १ हजार २ सय ४०, सप्तरीमा १ हजार १ सय ३२ र सिरहामा १ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ५, सिरहाका ९, धनुषाका ८, महोत्तरीका ८, रौतहटका ११, बाराका ३८ र पर्साका १५ जना छन् ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ७ सय ६४, सिरहाका ४ सय २, धनुषाका १ हजार ४, महोत्तरीका ५ सय ५, सर्लाहीका ७ सय ६८, रौतहटका ८ सय ९०, बाराका ९ सय ३३ र पर्साका १ हजार ७ सय ४४ गरि ७ हजार १० जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः ३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्