“असोज तिन, कालो दिन” भन्दै जनकपुरमा जसपाको विरोध प्रदर्शन



जनकपुरधामः असोज तिन, कालो दिन भन्दै जनकपुरधाममा जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

नेपालको संविधान २०७२ को विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । संविधानको विरोधमा जनता समाजवादी पार्टी नेपालले बिरोध प्रदर्शन गरेको हो । उनीहरुले असोज तीन, कालो दिन भन्दै जनकचोकदेखि विरोध ¥याली निकाल्दै नगरको विभिन्न भागको परिक्रमा गरि पुनः जनकचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

विरोध र्यालीमा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् ।

मधेसीको अधिकार खोसेर मधेसी, मुस्लिम, आदिवासी, जनजातीको छाती र टाउकोमा गोली ठोक्दै असोज ३ गतेका दिन संविधान जारी गरिएको भन्दै उनीहरुले यो संविधान आफुहरुलाई मान्य नरहेको प्रदर्शनमा सहभागीहरुले बताए । र्यालीमा सहभागीहरुले वर्तमान संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको मागसमेत गरेका छन् ।

विरोध र्यालीमा प्रदेश नं.२ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल, जसपाका संघीय सांसद उमाशंकर अरगरिया, प्रदेशसभा सदस्य रामअशिष यादव, परमेश्वर साह लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । जनता समाजवादी पार्टीले आज (शनिबार) साँझ साढे ६ बजेदेखि पौने सात बजेसम्म कार्यक्रम समेत निर्धारण गरेको छ ।

प्रकाशितः ३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्