विद्यालय प्राङ्गणमा दर्जनौं प्रजातिका विरुवाहरु रोपियो



जनकपुरधाम: धनुषाको कमला नगरपालिकास्थित एक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ ।

श्री जनता आधारभूत विद्यालय दुब्बरकोट हतलेटबाको प्राङ्गणमा जनता समाजवादी पार्टीका युवा नेता राम कुमार साहको नेतृत्वमा विहिन्न प्रजातिका दर्जनौं विरुवाहरु रोपिएको छ ।
जनता समाजवादी पार्टीका युवाहरूले पर्यावरण संरक्षणका लागि विद्यालय परिसरमा निरन्तर वृक्षारोपन गर्दै आईरहेका छन् ।

कमला नगरपालिका वडा न।९ का वडा समितीका अध्यक्ष एभरेन मण्डलको अध्यक्षता तथा जसपाका केन्द्रिय सदस्य अरुण सिंह मण्डलको प्रमुख आतिथ्यमा आयोजित वृक्षारोपण कार्यक्रममा धनुषा जिल्ला युवा समितिका सचिव विजय कुमार यादव , क्षेत्रीय सदस्य पल्टु मण्डल, सहिद नगरपालिकाका युवा समितिका अध्यक्ष रामचन्द्र यादव , वडाका सभापति छठु मण्डल, जितेन्द्र यादव , विद्यालयका शिक्षक राजदेव मण्डललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा युवा सुजित साह, कृष्णदेब यादव , धनबिर पासमान, रामबाबु मण्डल, मुनिलाल महतो, उमेश बिराजी, किशोरी पासमान, सुरेश मुखियालगायतका व्यक्तिहरुले सहयोग गरेका थिए ।

प्रकाशितः ३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्