आईपीएल : चेन्नई सुपर किंग्सको विजयी सुरुवात



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। उसले डिफेन्डिङ च्याम्पियनलाई उद्घाटन खेलमा ५ विकेटले हरायो। गत वर्ष मुम्बईले चेन्नईलाई हराएर उपाधि जितेको थियो।

जितका लागि १ सय ६३ रन पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको शुरुवात खराब थियो । शेन वाटसन पहिलो ओभरमै चार रन बनाएर आउट भएका थिए । यस्तै मुरली विजयले एक रन मात्रै जोडेर आउट हुँदा चेन्नाइको स्कोर दोस्रो ओभरमा ६ रनमात्र थियो ।

तर अम्बाती रायडु र डु प्लेसिसको साझेदारीले चेन्नाईलाई जित दिलायो । उनीहरुले १४ ओभरमा ११५ रनको साझेदारी गरे । यस क्रममा मुम्बईका जसप्रित बुमराह महँगा सावित भए । उनले चार ओभरमा ४३ रन दिएका थिए ।

चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलको सामना गरे र ६ चौका तथा ३ छक्का प्रहार गरे। फाफ डु प्लेसिस ४४ बलमा ५५ रन बनाएर नटआउट रहे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। त्यसमा सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए। उनले ३१ बलको सामना गरेर ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै दक्षिण अफ्रिकाका प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले ३३ रनको योगदान दिए। चेन्नईका बलरमध्ये लुन्गी एनगिडीले ३ विकेट लिएका थिए।

अबुधाबीस्थित शेख जायेद क्रिकेट स्टेडियममा भएको हो उद्घाटन खेल। यो मैदान सन् २००६ मा मात्र निर्माण गरिएको हो । यसको आकार लगभग ‘ओभल सेप’ मा छ।

प्रतिक्रिया दिनुहोस्