बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा शनिबार राति साढे ११ बजे मृत्यु भएको हो ।

गत भदौ २० गते अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको थियो ।

योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्